लोडरले घाइते महिलालाई पुरेर ज्यान लिए चालकले

धादिङ । धादिङ्ग जिल्लाको त्रीपुरा सुन्दरी गाउपालिका – १ टारीबेशी आरुघाट सडक खण्ड अन्तर्गत बाटो बनाउने क्रममा लोडरको ठक्कर पछि महिलालाई खाडलमा पुरेर चालकले ज्यान लिएका छन् ।


धादिङ्ग जिल्ला त्रीपुरासुन्दरी गाउपालिका वडा नं १ छापगाउँ बस्ने बर्ष ४५ का सरस्वती कुमाल घाँस लिएर फर्कने बेलामा टारीबेशी आरुघाट सडक खण्ड अन्तर्गत बाटो खन्ने क्रममा लोडरले ठक्कर दिएको थियो ।


ठक्कर पछि घाइते महिला कुमाललाई खाडल खनेर पुर्ने क्रममा एक स्थाननीयले देखेपछि चालक भागेका थिए । भागेर फरार चालकको खोजी कार्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए ।


सो घटनालाई लिएर स्थानीयले लोडर आगजनी गर्नुका साथै त्रीपुरासुन्दरी गाउपालिकामा रहेको प्रहरी चौकी समेत घेराउ गरेका छन् । घाइते महिलाको उपचार गर्नुको साटो खाडल खनी पुर्ने दोशी चालकलाई पक्राउ गरि कार्बाहिको माग गर्दै स्थानीय आन्दोलित भएका हुन ।


लोडर धनी स्थानीय गोबिन्द सिटौला र बिदुर अधिकारेको रहेको र ठेक्कामा युनियन बंजाडेले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..