प्रधानमन्त्री ओलीको निर्वाचन आयोगवाला सेटिंग पनि छिट्टै छताछुल्ल हुन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा (दाहाल–नेपाल समूह ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन आयोग संग रहेको सेटिङ छिटै छताछुल्ल हुने बताउनुभएको छ ।

पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको आधिकारिकता आफुहरुले नै पाइसकेको बताउनुभएको हो । निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा ओलीको सेटिङ भत्किन लागेको र आफुहरुले आधिकारिकता पाउने निष्कर्षमा पुगेको बताउनुभएको हो ।

साथै उहाँले प्रचण्डले सर्वोच्चको फैसलापछि उल्टो केपी ओलीले जिते जस्तो व्यवहार देखाएको टिप्पणी गर्नुभयो । प्रचण्डले ओली पक्षमा लागेका कार्यकर्तालाई आफ्नो पक्षमा लाग्न आग्रह गर्दै सर्वोच्चको सेटिंग भत्केपछि अब निर्वाचन आयोगको सेटिंग पनि भत्किने दाबी गर्नुभयो ।

प्रचण्डले निर्वाचन आयोगले छिट्टै आफुहरुको पक्षमा निर्णय दिने बताउदै ओलीले देखाएको लोभ लालचमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..