लागुऔषध ब्राउनसुगरसहित तीन जना कञ्चनपुर प्रहरीको फन्दामा

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। कञ्चनपुर बेलौरी नगरपालिका-१ वैशाखीस्थित शाही चोकबाट प्रहरीले तीन जना भारतीयलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत लख्मिपुर खिरी सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम् भासिन र ३० वर्षीय नितिनकुमार रहेका छन्। युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ९.९ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

उनीहरूको साथबाट ४२ हजार ४६१ रुपैयाँ नगद पनि बरामद भएको एसपी चतुर्वेदीले बताए। पक्राउ परेकामध्ये धर्मेन्द्र कुमार ब्राउनसुगरका मुख्य कारोबारी रहेको एसपी चतुर्वेदीले बताए। पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने एसपी चतुर्बेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..