कुलेश्वरबाट अवैध हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट अवैध हुण्डी कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार आइतबार काठमाडौंको कुलेश्वरबाट अवैध हुण्डी कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका ३ जनाको साथबाट प्रहरीले १८ लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ । प्रहरीले नुवाकोटको दुप्चेश्वर उँपालिका–६ स्थायी घर भई तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसादलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थापा र प्रसादसहित नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्कीलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीन जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..