घुस मागेको आरोपमा नासुसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियाेगमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका ३ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी व्यवसायी रामबाबु दाहालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुलाई व्यवसाय फर्म दर्ताको प्रमाणपत्र लिनका लागि सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


यसैगरी अख्तियारले नापी कार्यालय कञ्चनपुरका सर्वेक्षकसहित दुई जनामाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख तथा सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवमाथि १५ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

जग्गाको कित्ताकाट गर्न भन्दै उनीहरुले सेवाग्राहीबाट उक्त रकम घुस लिएको अख्तियारको दाबी छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुने गरी मागदाबी गरिएको अख्यियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..