घुस मागेको आरोपमा नासुसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियाेगमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका ३ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी व्यवसायी रामबाबु दाहालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुलाई व्यवसाय फर्म दर्ताको प्रमाणपत्र लिनका लागि सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


यसैगरी अख्तियारले नापी कार्यालय कञ्चनपुरका सर्वेक्षकसहित दुई जनामाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख तथा सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवमाथि १५ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

जग्गाको कित्ताकाट गर्न भन्दै उनीहरुले सेवाग्राहीबाट उक्त रकम घुस लिएको अख्तियारको दाबी छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुने गरी मागदाबी गरिएको अख्यियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..