अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ


काठमाडौं । अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका-२ बस्ने २५ वर्षीय सुजन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यामबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..