अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने ब्यक्ति पक्राउ


काठमाडौं । अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका-२ बस्ने २५ वर्षीय सुजन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यामबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..