सुनसरीको विभिन्न ठाँउबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ


सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाका बिभिन्न स्थानबाट सोमबार लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-३ का ३० बर्षीय बिनय तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी धरान-१३ का २६ बर्षीय ओम प्रकाश कार्की १ ग्राम ६०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कार्की सोमबार बेलुका ७ बजे धरान-७ बाट पक्राउ परेका हुन् ।

यस्तै धरान-१५ का ४० बर्षीय कृष्ण थापामगर १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

यसैगरी धरान-०८ का ४५ बर्षीय यज्ञ बहादुर खड्का र आकाश श्रेष्ठ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । आफ्नै घरकोठाबाट लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १०० ML को डाईलक्स् डि.सी. ४ बोतल, Nitrosun १६५ ट्याब्लेट र Spsmo-Proxyvon ७२ क्याप्सुल सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..