सिमरा । बाराको सिमरा स्थित इच्छा हाेटलमा संचालित मिनि क्यासिनोमा खुलेयाम नेपालीकाे प्रवेश हुने गरेको खुलेको छ। जिल्ला प्रशासन , जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयलाई मिलाएर क्यासिनोमा नेपालीहरूकाे प्रवेशलाई सहज बनाउने काम हुदैअाएकाे कुरा बाहिरिएको छ।
काेरोना कहरकाे समयमा सरकारले पूर्णरूपमा लकडाउन गरेको समयमा पनि यो क्यासिनो मुश्किलले एक महिना मात्र बन्द भएको र त्यसपछि निरन्तर रूपमा चलिरहेको समेत खुलेको छ। सरकारले क्यासिनोमा नेपाली प्रवेशलाई राेक लगाएपनि प्रशासन र प्रहरीको सेटिङमा यश क्यासिनोमा नेपालीको प्रवेश सहज हुदै अाएकाे छ । लकडाउनकाे समयमा पनि सीमावर्ती क्षेत्रबाट प्रवेश गरेका केही भारतीय देखाएर बिरगंजका नेपालीहरू क्यासिनोमा प्रवेश गरि जुवा खेल्ने गरेको र यही काेरना कहरमा क्यासिनोमा लगानी गर्ने लगानीकर्ताहरूले रकम उठाई सकेको क्यासिनोमा कार्यरत एक कर्मचारीले जानकारी दिए।
स्माइल कलेक्सन प्रालिको नाममा काजि कामनपा १६ ठेगाना राखेर दर्ता गरिएको कम्पनीकाे नाममा सिमराकाे इच्छा हाेटलमा यो मिनी क्यासिनो संचालन हुदै अाएकाे छ। यो प्रालि कम्पनी रजिस्ट्रारकाे कार्यालयमा ०७४/ ०७५ सालमा दर्ता भएको देखिन्छ । यो कम्पनीको दर्ता नम्बर १७३९४९ रहेको छ। २०७५ साल चैत १ गते उक्त स्माइल कलेक्सन प्रालिको प्रति शेयर १०० का दरले शेयर नम्बर ७,५०,००१ देखि १५,०० ,००० सम्मको जम्मा ७,५०,००० कित्ता शेयर प्रति कित्ता १०० का दरले जम्मा ७ करोड ५० लाख रूपैयाँमा खिल बहादुर खनालको नामबाट राम बहादुर खनाललाई बेचेको समेत हाम्रो समाचार स्रोतले भेटाएकाे छ। स्रोतका अनुसार कराेडाै लगानी गर्ने यी राम बहादुर खनाल तनहुँ पुर्काेट गाउँ घर भएका नेपाल प्रहरीको हवल्दार हुन ।
उनले केही महिना पहिले मात्रै प्रहरी सेवाबाट अवकाश लिएका थिए। यति ठूलो रकम ती हवल्दारले लगानी गर्नसक्ने अवस्था देखिदैन । उनको नाममा कुनै अकुत्त सम्पत्ति कमाएको भ्रष्टाचारीले लगानी गरेको देखिन्छ । यस बिषयमा सम्पत्ति शुद्धीकरण बिभागले छानबिन गराेस भनी उजुरी दिने तयारी भएको समेत क्यासिनोमा कार्यरत एक कर्मचारीले जानकारी दिए।