वैदेशिक रोजगारी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी छिन्नमस्ता गाउँपालिका-३ वतन भएका ढुण्डीराज पोखरेल भन्ने ३६ वर्षीय राम कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा सर्वोच्च अदालतको २०६९ जेठ १६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैंया जरिवाना ठहर भई फरार रहेका राम कुमारलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

राम कुमारलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

साथै राम कुमारले पक्राउ पर्दाका बखत प्रहरीलाई झुक्याई भाग्न उम्कन आफू अख्तियारको सरकारी कर्मचारी ढुण्डीराज पोखरेल भनी फोटो टाँस भएको निजामती किताबखानाबाट जारी भएको देखिने राजपत्र अनंकित प्रथम श्रेणीको नायव सुब्बा पद उल्लेख भएको, सरकारी छाप तथा प्रशासकीय अधिकृतको दस्तखत समेत भएको देखिने परिचय-पत्र देखाएको र निजको साथबाट सेवा निवृत कर्मचारी परिचय-पत्र समेतका कागजातहरु वरामद हुन आएकोले उनीउपर मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धि कसूर समेतमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..