मेयरलाई एक,कार्यकारीलाई दुई गाडी छुट : मेयर भन्दा कार्यकारी शक्तिशाली ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिबासीहरूको ६५ हजार मत पाएर निर्वाचित भएका विद्यासुन्दर शाक्य यतिखेर प्रमुख कार्यकारी अधिकृतका रुपमा नेपाल सरकारबाट आएका सहसचिव राजेश्वर ज्ञवालीको फन्दामा पर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाका हरेक विकास निर्माणका कामको बजेट निकासामा कार्यकारी ज्ञवालीले विभिन्न बहाना बनाएर मेयरभन्दा आफू शक्तिशाली बन्न खोजिरहेको महानगरपालिकाका केही वडा अध्यक्षहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । यसले मेयर भन्दा आफू शक्तिशाली भएको भन्दै कर्मचारीहरूलाई थर्कमान बनाईरहेको गुनासो प्राप्त भएको छ ।

अहिले काठमाडौं महानगरपालिकामा मेयरको भन्दा कार्यकारी अधिकृत ज्ञवालीकै बोलबाला भईरहेको भुक्तभोगीहरू बताउछन् । १६ अर्बभन्दाबढी बजेट भएको महानगरपालिकामा नेपाल सरकारलेसचिवको दरवन्दी राखेको थियो । सो अनुरुप महानगरमा विशिष्ट श्रेणीका नेपाल सरकारका सचिव यादव कोइराला, केदार न्यौपाने, एकनारायण अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

दुई वर्ष अघि महानगरमा सहसचिवमा रुपमा केही महिना बसेर त्यहाँको रसरंग थाहा पाएका ज्ञवाली पुन महानगरपालिकामा सहसचिव कै रुपमा आए । आफू आए लगत्तै उनले सचिव दरवन्दी कटौती गर्नका लागि तात्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीलाई खुसी पार्न लागे । श्रोतका अनुसार, ज्ञवाली मन्त्रीकै छिमेकी भएका कारण उनले त्रिपाठीको निर्वाचन क्षेत्रको विकासका लागि महानगरपालिकाको बजेट लगानी गरिदिने प्रलोभन मन्त्रीलाई दिए । त्यसका लागि महानगरमा सचिवको दरवन्दी कटौती गरी आफूलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाउनु पर्ने लविङ्ग आफूले मात्र गरेनन्, मेयर विद्यासुन्दर शाक्यलाई पनि गराएको मेयर निकट श्रोत बताउछ ।

सहसचिव ज्ञवालीले मेयरलाई सचिव दरवन्दी कटौती गरी आफू कार्यकारी भएमा काम गर्न बढी सहज हुने भन्दै प्रधानमन्त्री केपी ओलीसँग सचिव दरवन्दी कटौती गर्न आग्रह गर्न लगाएर त्यसमा सफल भए । हृदयेश त्रिपाठीलाई खुशी बनाउन महानगर र रामग्राम नगरपालिका बिच भगिनी सम्बन्ध गराउन लगाएर महानगरबासीले तिरेको रु. एक करोड पचास लाख सहयोग गराउन पनि सफल भए । करिब १६ अर्ब बजेट भएको महानगरमा प्रमुखको हैसियत राज्यमन्त्री सरह भएको ठाउँमा प्रशासकीय अधिकृतमा सहसचिव कायम गर्न सफल भएका ज्ञवाली अहिले भने मेयरसँग बार्गेनिङ्गमा काम गर्न थालेकोश्रोत बताउछ ।


ज्ञवालीले यतिसम्म शक्तिको दुरुपयोग गरेका छन् कि महानगरबासीले तिरेको करबाट खरिद गरिएकादुईवटा नयाँ सवारी पनि सुविधा वापत लिन भ्याएका छन् । एउटा सेतो नम्बर प्लेट भएको गाडी कार्यालय आउँदा जाँदा प्रयोग गर्दछन् भने महानगरपालिका कै रकमबाट नयाँ गाडी खरिद गरी रातो नम्बर प्लेटबाट परिवारका साथै घरायसी प्रयोजनमा प्रयोग गरिरहेकोकर्मचारी श्रोत बताउछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखहरूले महानगरबाट एउटा मात्र सवारी सुविधा लिईरहेको अवस्थामा सहसचिव ज्ञवालीले दुई दुईवटा सवारी साधन प्रयोग गरेर महानगरमा शक्तिको घोर दुरुपयोग गरिरहेका छन् ।


रसरंगमा रमाउने स्वभावका ज्ञवाली आफू कोरियाबाट विद्यावारिधी गर्न लागेको र धेरै देश घुमिसकेको बताउँदै आफूले चाहेमा विदेश भ्रमण गराई दिनेगफ पनि महिलाहरूलाई दिने गरेको महानगरमा निकै नै चर्चा रहेको छ । त्यत्तिमात्र होइन शुक्रबार र सार्वजनिक विदा आउने वित्तिकै बबरमहलतिरको चाइनिज रेष्टुरेण्ट र चन्द्रागिरी तिर उनको बास हुने गरेको चर्चा कर्मचारीहरू गर्दछन् ।

ज्ञवालीले रसरंगमा खर्च गर्ने गरेको रकम पनि महानगरपालिकाको विभिन्न शीर्षकबाट भुक्तानी हुने गरेको श्रोत बताउछ । श्रोतका अनुसार २०७७ मंसिर र पुस महिनामा उनले बाहिरी खर्च ४ लाख गरेको र सो रकम एक भेण्डरले तिरिदिएका थिए । हरेक महिना हुने लाखलाखको खर्च महानगरपालिकामा ठेक्का लिने ठेकेदारहरूले तिरिदिने गरेको श्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..