आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ५८ बर्षीय जुमबहादुर कामीको हत्या गरेको अभियोगमा उनका छोरोलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।


फागुन ९ गते राती बाबु–छोराबीच झगडा हुँदा मृतकको छोरा ३४ बर्षीय रामकृष्ण कामीको प्रहारबाट जुमबहादुरको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो । झगडाका क्रममा छोरा रामकृष्णले काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।


रामकृष्णलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रवक्ता डिएसपी हमालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..