प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रबक्ता श्रेष्ठ


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका छन् ।

सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।अदालतको फैसलापछि कुरा गर्दै प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले भने, ‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ ।

संविधान र लोकतान्त्र रक्षा गर्न काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ।’उनले अघि भने, ‘अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ ।

उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..