प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ : गौतम

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि तटस्थ बसेका नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभा पुनःस्थापना भएको दिनलाई ऐतिहासिक बताउँदै उनले ओलीलाई यस्तो सुझाव दिएका हुन्।

सर्वोच्चको फैसलालले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको उनले बताएका छन्।
तीनबुँदे विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।


यसैगरी, अन्य दुई बुँदामा भनेका छन्, ’प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..