अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित बेलायती नागरिक पक्राउ


काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलर सहित ५१ वर्षीय बेलायती नागरिक Neil William Greenwood लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा ह्‍याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..