चितुवाको छाला सहित ३ जना पक्राउ


बाँके । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।


चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..