प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्काउन मिल्दैन – पूर्वअध्यक्ष खड्का

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई धम्काउन नमिल्ने बताएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्तामा बसेको मान्छेले सडक कब्जा गर्न नमिल्ने भन्दै प्रधानमन्त्री केपी ओली श्री ३ भैसके जस्तो देखिएको बताए । उनले प्रधानमन्त्री सर्वेसर्वा नभएको भन्दै नेकपाको दुवैतिर अतिवाद रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीले कसका लागि आन्दोलन गर्ने भन्दै प्रश्न समेत गरेका छन् । उनले प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा पनि राखेका छन् । 

नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिले अदालतसामू ठूलो चूनौति रहेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको बताए । उनले संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला आउँदैन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने अधिकार संविधानमा नराखिएको सुनाए । उनले २०७२ को संविधान धारा ७६ राख्नुको कारण फूट टर्ममा सरकारले काम गर्न पाओस भनेर राखिएको बताए । उनले अहिलेको संसद् विघटन संविधानसम्मत् नभएको भन्दै संसद पूनःस्थापना हुनुपर्ने पनि धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..