प्रम ओलीमाथी उठ्यो मर्यादा र नैतिकताको प्रश्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( ओली समुहका ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पदिय मर्यादा र नैतिकता भुलेर जे पनि बोलेको आरोप पटकपटक लाग्ने गरेको छ । सबैजसो सभामा राजनितीक नेता तथा संवैधानिक पदमा बसेका व्यक्तिहरूमाथि तथानाम बोलेर चर्चामा आइरहने प्रधानमन्त्री ओलीले शनिबार पनि त्यसै गरे ।

हुन त अरूलाई गाली गरेकै भाषणमा पररर ताली पिट्ने समर्थक पनि टन्नै छन् । त्यसैमा हौसिएर प्रधानमन्त्री जस्तो व्यक्ति झनै आक्रोशित बन्ने गरेका छन् ।

यस्तैमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बबुराम भट्टराईले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

भट्टराईले प्रधानमन्त्री ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उनीमाथि प्रश्न उठाएका हुन् ।

ट्विटरमा सक्रिय डा. भट्टराईले देशको प्रधानमन्त्रीले नै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनका विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।

प्रधानमन्त्रीको शनिबारको भाषणलाई उनले लोकतन्त्रमाथिकै भद्दा मजाकको संज्ञा दिएका छन् । उनको अभिव्यक्तिबाट अदालतमाथिको दबाब पुष्टि हुनेसमेत भट्टराईको दाबी छ ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

प्रबक्ता शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार प्रधानमन्त्रीको समूहको पार्टीले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..