सुनसरी । खानेपानी संस्थान धरान शाखाले आइतवार पानी आपूर्ति व्यवस्थित गर्न नसक्ने भनि प्रकाशित गरेको विज्ञप्ती गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै धरान खानेपानी बोर्डले आपत्ति जनाएको छ । संस्थानको त्यस्तो विज्ञप्ती प्रकाशित भएपछि आज साँझ बोर्डले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी आपत्ति जनाएको हो ।
संस्थानको धरान शाखाले खानेपानीको लिकेज भएको थाहा नहुने गरेको उल्लेख गर्दै एक दिन विराएर पनि खानेपानी वितरण व्यवस्थित गर्न नसक्ने जनाएको थियो । विज्ञप्तीमा संस्थानले त्यस्को लागि युएडिपिको परियोजना लाई दोष दिएको थियो । अहिले सम्म खानेपानी वितरणको जिम्मा लिएको र महशुल असुल गर्दै आएको संस्थानले त्यस्तो विज्ञप्ती निकाल्नु आपत्तिजनक भएको भन्दै बोर्डले पत्रकार सम्मेलन गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले धरानबासीको खानेपानी समस्या समाधान गर्ने कार्यमा बोर्ड चिन्तित छ तर खानेपानीको महशुल संकलन गर्दै आएको संस्थान बोर्डमा समायोजन नभए सम्म पानी आपूर्ति गर्ने जिम्मवारी बाट संस्थान पन्छिन खोज्नु गैरजिम्मेवारी हो । उनले भने ‘खानेपानी बोर्डले शुरुदेखी नै संस्थान संग सहकार्य गर्दै आएको बेला धरानका जनतालाई खानेपानी आपूर्ति बारे भ्राम फैलाउने विज्ञप्ती निकाल्नु आपत्तिजनक छ ।’
पत्रकार सम्मेलनमा वोर्डव्दारा जारी विज्ञप्तीमा भनिएको छ ‘खानेपानी संस्थानले हालसम्म धरानबासीहरु संग पानीको महशुल नियमित रुपमा उठाइरहेकाले महशुल लिएका ग्राहकहरु लाई पानी पु¥याउनु पर्ने जिम्मेवारी पनि संस्थामै रहेको छ ।’ पानीको महशुल काउन्टर बन्द गरी हस्तान्तरण प्रकृया सहज बनाउन उपमहानगरपालिका तथा बोर्डले गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको संस्थानले खानेपानी आपूर्ति असहज हुने विज्ञप्ती निकाल्नु जिम्मेवारी बाट पन्छिने बहाना मात्र भएको बोर्डको ठहर छ, भनि विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘धरान खानेपानी व्यवस्थापन बोर्ड धरानबासी लाई खानेपानी र आयोजनाको संरचना प्रयोग गरी पानी वितरण गर्ने प्रयोजनमा लागि परेको छ । हाल संस्थानले व्यवस्थापन गरिरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बोर्डले पानी सञ्चालन गर्नुपर्ने दायीत्व रहेको हुँदा प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानी संरचनाको यथार्थ विवरण पेश गर्न गठित समितिको प्रतिवेदन पर्खिरहेको छ ।’
प्रतिष्ठानमा पानी आपूर्ति हुने संरचनाहरु जिर्ण भएको तथा डिएच–६ को वेल कुवा विग्रिएर पानी उत्पादन नभइरहेको स्थलगत निरिक्षणमा पाइएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ ‘त्यस्को मर्मत गर्नुपर्ने कुराहरु, पूनःनिर्माणका कामका लागि भएको सम्झौता अनुसारका सबै संरचना पूरागरी संस्थानले प्रतिष्ठानलाई बुझाउन बाँकी छ । संस्थानले सबैकाम पुरागरी बुझाएपछि प्रतिष्ठान र बोर्ड विच बाँकी रहेकाले संस्थान–बोर्ड विच सहकार्य अघि बढ्ने जानकारी गराउँदछौं ।
बोर्डले विज्ञप्ती मार्फत संस्थान लाई संस्थानको शाखाको जिम्मेवारी हस्तान्तरणका प्रकृयामा उपमहानगरपालिका र प्रतिष्ठानप्रति उत्तरदायी बन्न आग्रह गर्दै यथाशक्य बोर्ड मार्फत धरानबासी लाई नियमित खानेपानी आपूर्ति गरिने प्रतिबद्धता जाहेर गरेको छ ।