नागढुंगा-नाैबिसे सुरूङ मार्ग निरीक्षणमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा- नाैबिसे सुरूङ मार्ग निर्माण कार्यकाे आज स्थलगत अवलोकन र निरीक्षण गर्नुभएको छ ।

स्थलगत अवलोकन तथा निरीक्षण कै क्रममा उनले प्राविधिकहरुसँग मुख्य रुपमा सुरुङ निर्माणमा भएको प्रगतिबारे चासो राखेका थिए । ‘तोकिएको सयमैमै काम सक्नुहुन्छ नि ?,’ उनले विभागका अधिकारीलाई सोधेका थिए,‘समस्या पन्छाएर समयमै सकियोस् ।’ विभागको प्राविधिक टोलीले सकिएका काम, भइरहेका काम, अहिलेसम्मका प्रगति र गर्न बाँकी कामबारे ब्रिफ गरेको थियो ।

‘प्रधानमन्त्री ज्यूले समयमै काम सक्नुस् भन्नुभएको छ,’ सडक विभागका महानिर्देशक अर्जुजङ्ग थापाले भने, ‘कुनै अप्ठेरो भए सरकारले गाँठो फुकाउने पनि बताउनुभएको छ ।’

अहिलेसम्म सुरुङ निर्माणका ८ प्रतिशत प्रगति भएको जानकारी विभागले प्रधानमन्त्रीलाई गारएको छ । धादिङको सिस्नेखोलातर्फबाट ९० मिटर र काठमाडौंको दहचोकतर्फबाट २७ मिटर सुरुङ खनिएको छ । यो सुरुङ २ हजार ६६८ मिटर लामो हो । यो सुरुङमार्ग निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा आन्दो जेभीले लिएको छ ।

अबको एक महिनापछि ४ ठाउँबाट सुरुङ खन्ने काम समानान्तर रुपमा हुने भएकाले दैनिक १२ मिटरसम्म खन्न सकिने महानिर्देशक थापाले बताए ।

विभागले गत पुस ७ गते बाट सुरुङ खन्ने काम सुरु गरेको थियो । शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १६ महिना समय बितिसकेको छ । सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद नसल्टिएको लगायतका कारण देखाउँदै काममा ढिलाइ भएको थियो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च गरिँदैछ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..