प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण,राज्यमन्त्री कुशवाहाले गरे स्वागत

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डाबाट प्रदेश २ प्रमुखमा नियुक्त भएका झाले आइतबार जनकपुर आएर पदभार ग्रहण गरेका हुन् ।

मधेशव भवन परिसर भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले दभार ग्रहण गरेका छन् । गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुख भएर पहिलो पल्ट जनकपुर आउँदा झालाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका छन् ।

यसअघि तिलक परियार प्रदेश प्रमुख भएर आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।

प्रदेश प्रमुखबाट परियारलाई हटाएर झालाई नियुक्त गरेपछि प्रदेश २ सरकार असन्तुष्ट बनेको छ । त्यसै कारण राज्यमन्त्रीले नै झालाई स्वागत गरेका छन् ।

जनकपुर विमानस्थलमा नेकपा ओली पक्षका नेता कार्यकर्ता भने नवनियुक्त प्रदेश प्रमुख झालाई भव्य स्वागत गरेका छन् । ५१ किलाको फूलको मालासहित नारा लगायतर झालाई स्वागत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्न पुग्दा उनलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका छन् । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं. २ लाई उदाहरणीय बनाउने काममा बल पुर्याउने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..