ट्रकको ठक्करबाट २ जनाको मृत्यु


मोरङ । मोरङ उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा प्र १-०१-००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए ।

घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सभा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भिम बहादुर दाहाल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..