प्रदेश १ मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार ढिला बसेको प्रदेश संसद बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन्।


मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुअघि कार्यसूची नै सार्वजनिक गरिएको थियो । कार्यसूचीको अन्तिम बुँदामा नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।


आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश नगर्न दबाब दिएका थिए । तर, प्रचण्ड–माधव समूहले विश्वासको प्रस्ताव दर्ता गरेको छ । सांसद् आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..