सुनसरीमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

साथै उनि संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएकोमा उनलाई थप उपचारको लागी घोपा धरान लगिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..