मोहन वैद्य र डाक्टरपछि झाँक्री लिएर हिँडेका दाहाललाई कसैले बचाउन सक्दैन – प्रम ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताए।

‘प्रचण्डको जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग मोहन वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो। त्यसपछि उहाँले डाक्टर लिनुभयो। डाक्टरले पनि उहाँलाई छोड्नुभयो,’ हाँस्दै ओलीले भने,‘अहिले एउटा झाँक्री लिनुभएको छ। तर, उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन।’

प्रम ओलीले मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामकुमारी झाँक्री र प्रचण्डबीचको सम्बन्धलाई लिएर टिप्पणी गरेका हुन्।  

ओलीले सम्बोधनको अधिकांश समय सरकारले गरेका काम कारबाही भन्नमा खर्चिएका थिए। उनले नेपाल परापूर्वकालदेखि नै महत्वपूर्ण भूमि रहेको समेत बताएका थिए।  

संसदीय व्यवस्था भएको मुलुको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने ओलीको अडान छ। काम गर्ने संसदको लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्दै ओलीले तोकिएको मितिमा मध्यावधि चुनाव हुने बताए।

सम्बोधन कै क्रममा प्रधानमन्त्री ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरेका हुन् । 

ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्रीले सभामुख बनाइएको व्यक्ति सरकारको विरुद्धमा मुद्दा हाल्दै हिँडेको र किर्ते काममा लागेको आरोप लगाएका हुन् । ‘सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

संवैधानिक परिषद्‍बाट भएका विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परिषद् सदस्यसमेत रहेका सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सोही कुरालाई लिएर प्रधानमन्त्री ओलीले आलोचना गरेका हुन् ।

त्यस्तै, सभामुख सापकोटाल किर्ते गरेको पनि ओलीले आरोप लगाएका छन् । उनले भने, ‘उहाँले किर्ते गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा । सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ । साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०:४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?,’ उनले भने ।

प्रधानमन्त्रीविरुद्ध नेकपाका सांसदहरूले ल्याएको अविश्वासको प्रस्तावको समयलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विषयमा प्रधानमन्त्रीले सभामुखको आलोचना गर्दै किर्ते गरेको भनेका हुन् ।

उपराष्ट्रपतिलाई सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन ओलीले चुनौती दिएका छन् । उपराष्ट्रपति पुनले पत्रकार महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । उक्त भनाइतर्फ इंगित गर्दै ओलीले भने, ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरू, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन ।’

उपराष्ट्रपतिको पदबारे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’

सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्द बहादुर पुनको पनि आलोचना गरेका थिए। 

गत पुस ५ गते प्रतिनिधि सभा विघटन पछी एकातिर ओली समूह र अर्कोतिर प्रचण्ड–नेपाल समूहले विभिन्न सभा समारोह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..