सिरहा नगरपालिकाको कुशासन र भ्रष्टाचार बिरुद्ध आन्दोलन

सिरहा । १५ सूत्रीय माग अघि सार्दै नेपाली काँग्रेस नगर कार्यसमिति, सिरहाले सिरहा नगरपालिका विरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेस केन्द्रीय कोषाध्यक्ष सिता देवी यादवको निवासमा शुक्रवार पत्रकार सम्मेलन गर्दै महासमिति सदस्य डा.सुभाषचन्द्र यादवको प्रमुख आतिथ्यमा काँग्रेस नगर कार्यसमितिका सभापति अषिशलाल यादवले सिरहा नगरपालिकासँग जोडर १५ सुत्रिय माग अघि सार्दै पहिलो चरणका आन्दोलनको कार्यक्रम सार्वजनिक गरे ।


२०७७ फागुन ८ मा पर्चा पम्प पलेट वितरण गरेर आन्दोलन सुरु गरेर १८ मा धर्ना बस्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम समापन गरिने सभापति यादवले जनाए । फागुन ८ वाहेक अरु दिन विभिन्न समयमा धर्ना बस्ने कार्यक्रम रहेको उनले प्रष्ट पारे ।
नगर परिषद् र त्यसको निर्णय, आ.व.२०७६÷०७७ को आय–व्यय,आ.व.२०७७÷०७८ शिर्षकगत आय–व्यय अपारदर्शी तवरले राखेको जारी विज्ञप्तीमा उल्लेख गरिनुका साथै कोविड–१९ को महामारी रोकथामको नाउँमा, पुंजिगत परामर्शको नाउँमा, खानेपानी नाउँमा, मल खाद्य र बीउ विजनको नाउँमा करोडौं रकम भ्रटाचार गरेको जनाइएको छ ।

‘नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई प्रलोभन, चक्रव्युह वा अरु बहानामा हस्ताक्षर गराउँदै आएका छन्,’काँग्रेस महासमिति सदस्य डा.यादवले भने,‘सिरहा नगरपालिकामा किर्ते गराउने र गर्ने क्रम बढेको छ ।’ बितेकै मितिमा पत्र बुझाएर पुरानै मितिबाट योजना छनौट देखि कार्यान्वन पनि पुरानै मितिमा गर्ने र गराउन लगाउने काम सिरहा नगरपालिकामा तिब्र रुपमा हुँदै आएको उनको दाबी छ ।

कुनै पनि योजनाका सही विवरण र त्यसमा भएको खर्च कानूनी तवरले नगरेको उनको भनाई छ । छल–छाम र प्रलोभन देखाएर वा प्रपंच रचेर नगरमा भएको करोडौंको भ्रटाचारलाई ढाकछोप गरिदै आएको उनले दाबी गर्दै त्यस्ता ढाकछोपलाई पर्दाफास गर्न काँग्रेसलाई जहाँ र जुनसुक्कै निकायमा उजुरी गर्नु परे वा आन्दोलन नै गर्नु परेमा पछि नपर्ने उनले थपे ।


पारदर्शीताको माग राख्दै काँग्रेसले कैऔं पटक निवेदन तथा जानकारी पत्र दर्ता गराउदा वेवास्ता गरिएको कारणले बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको सिरहा नगरपालिकाका काँग्रेस नगर कार्यसमितिका सभापति अषिशलाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..