नेपाली काँग्रेस संसद पुर्नःस्थापना र चुनाव दुईवटैको लागि तयार : उपसभापति निधी

रौतहट । काँग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिले नेपाली काँग्रेस चुनाव र संसद पुर्नःस्थापना दुइवटैको लागि तयार रहेको बताउनुभएको छ ।
प्रेश युनियन रौतहटद्धारा आयोजित पत्रकार सम्मलेनमा संचारकर्मीहरुसँग कुरा गर्दै निधीले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनलाई नेपाली काँग्रेसले सुरुदेखिनै असंवैधानिक, अलोकतान्त्रिक तथा जनमतको अपमानको रुपमा हेर्दै यसको विरोध गरिरहेको बताउँदै नेपाली काँग्रेसले केन्द्रदेखि वडासम्म संसद विघटनको बिरोधमा प्रदर्शन गरेको बताउनुभयो ।

‘यदि संसद विघटनको विरोध देशभरीमा कसैले गरिरहेको छ भने त्यो नेपाली काँग्रेसले गरिरहेको छ’ निधीले भन्नुभयो, ‘नेपाली काँग्रेसले टोलटोलमा गाउँगाउँमा विरोध प्रदर्शन गरिरहेको छ।’

संसद विघटनको बारेमा सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णयलाई पनि नेपाली काँग्रेसले स्विकार गर्ने जनाउँदै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधीले संविधानको व्याख्या गर्ने अधिकार न्यायलयलाई भएको र न्यायलयको फैसालाई नेपाली काँग्रेसले मान्न तयार रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको असंवैधानिक कदमबाट देश र जनताले प्रतिनिधीसभा गुमाउनु परेको भन्दै गुमेको प्रतिनिधीसभा प्राप्त गर्न कि नयाँ निर्वाचन कि अदालतबाट पुर्नःस्थापनाले मात्र सम्भव रहेको जिकिर गर्नुभयो ।

‘अहिलेको अवस्थामा प्रतिनिधी सभा प्राप्त गर्ने दुइवटा बाटो छन् ’ उहाँले भन्नुभयो , ‘एउटा सर्वोच्च अदालतबाट पुर्नःस्थापना अर्को नयाँ निर्वाचन पश्चात गठन । नेपाली काँग्रेस दुबैको लागि तयारी अवस्थामा छ ।’ सर्वोच्च अदालतबाट पुर्नःस्थापना र नयाँ निर्वाचन दुबै संवैधानिक र लोकतान्त्रिक पक्रिया भएकाले दुबैको लागि नेपाली काँग्रेस तयार छ भन्नु नेपाली काँग्रेसको दोहोरो निति नभएको निधिले स्पष्ट पार्नुभयो ।

उहाँले संसद विगठन र नयाँ निर्वाचनको बारेमा नेपाली काँग्रेसका केन्द्रिय नेताहरुको बोली फरक भएपनि निती र धारणा एउटै रहेको जनाउँदै गत निर्वाचन सकै लगतै नेपाली काँग्रेसले चुनावको तयारी गरिरहेको बताउनुभयो ।


उहाँले राजनैतिक दल जुनसुकै बेलापनि आन्दोलन र निर्वाचनको लागि तयारी अवस्थामा रहनुपर्ने भन्दै प्रधानमन्त्रीले संसद विघठन गर्नु असंवैधानिक भएपनि जनताले निर्वाचनमा भाग लिनु र मत अधिकार प्राप्त गर्नु संवैधानिक रहेको बताउनुभयो ।यसअघि उपसभापति निधी रौतहटको गढीमाइ नगरपालिकामा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको थियो ।


पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गर्नेहरुलाई उपसभापति निधि, नेपाली काँग्रेस रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादव तथा विघठित प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना लगायतले संयुक्त रुपमा माला र टीका लगाई पार्टी प्रवेश गराउनु भएको नेपाली काँग्रेसका युवा नेता नितेश गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..