कञ्चनपुर प्रहरीले थाल्यो लागुऔषध दुर्व्यषनी तथा साईवर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम

कञ्चनपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यषनी तथा साईवर अपराध नियन्त्रणका लागि कञ्चनपुर प्रहरीले जनचेतनामूलक कार्यक्रम गरीरहेको छ ।

यसै क्रममा यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा नगरपालीकामा लागुऔषध नियन्त्रण तथा साइबर अपराध रोकथामकालागि जनचेतनामूलक कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीको सयुक्त टोलिले बुधबार शुक्लाफाँटा नगरपालीका वडा नम्बर १ स्थित श्री सिद्ध बैजनाथ मा.बी बन्शाहमा सोही बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु लगाय शिक्षक,शिक्षिका समेत १ सय २२ जनाको उपस्थितिमा लागुऔषध दुर्व्यषनी तथा साईबर अपराध सम्बन्धि जानकारी र सरोकारवाला निकायहरुको भूमिका र कानूनी प्रावधानका बारेमा जानकारी दिइएको थीयो ।

बुधवार ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रणबारे जागरुप गरिएको बताए । जनचेतनामूलक कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषधको असरबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..