बलिदानीबाट प्राप्त गरेको उपलब्धिको सर्वोच्चले रक्षा गर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेससहित नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धिको सर्वोच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार जनकपुरधाममा ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे ।

‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि रु जस्ता अन्यौलता छ,’ मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।’

लोकतन्त्र, गणतन्त्र, संघीयताका लागि बलिदानी दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै यो चिन्तालाई हटाउनुपर्ने उनले बताए ।

‘हामीलाई विश्वास छ सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘प्राप्त उपलब्धि कायम गराउँदै नेपाली जनतालाई अहिलेको परिस्थितिबाट निकास दिनेछ ।’

संविधानमा रहेका केही त्रुटीलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहे पनि संविधानले गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशितालाई सुनिश्चित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..