पचिस किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विहीबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका–११ नवलपुरमा हेटौंडातर्फ आउँदै गरेको ना १ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याइएको २५ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका–१ पलासेका २१ बर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० बर्षीय बाबुराम थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..