जडिबुटीमा भेटिएको महिलाको शव प्रकरण : मदिराको नशामा झगडा हुँदा हत्या,समातिए आरोपी

काठमाडौं । राजधानीको जडिबुटीमा बुधवार एउटा निर्माणाधिन एक घरमा महिलाको शव भेटिएको थियो । सो शव सुशीला नेपालीको भएको खुलेको छ ।
सिन्धुली घर बताइएको सुशीलालाई कुटपिट गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीका ३६ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको छ ।

बिहीबार सिन्धुपाल्चोकबाट पक्राउ गरेर गोपाललाई काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
सडकमा बस्ने, प्लाष्टिक र कार्टुन संकलन गरेर गुजारा चलाउने सुशीला र गोपाल आफूलाई श्रीमान्–श्रीमती बताउँथे । दैनिक मदिरा सेवन गरेर झगडा गर्थे ।
बुधवार पनि मदिरा सेवन गरेर गोपालले उनलाई कुटपिट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्याबारे महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजन लामाको टोलीले अनुसन्धान गरेर आरोपी पहिचान गरेको थियो ।आरोपी गोपाल तामाङ सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटाका स्थानिय हुन् । सुशीलाको मृत्युपछि उनी भागेर सिन्धुपाल्चोक पुगेका थिए ।


शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको छ । मृतकका आफन्त सम्पर्कमा नआएकाले प्रहरी प्रतिवेदनका आधारमा गोपालबिरुद्ध मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..