प्रम ओली निकट राईको धम्की : मुख्यमन्त्रीबाट हटाउन खोजे प्रदेशसभा भंग गर्छौं

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यातचुत पारी प्रतिनिधिसभा बिघटन गरेपछि अब प्रदेशसभा पनि बिघटन गर्न अग्रसर भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिएपछि ओलीको संविधान च्यात्ने शृंखला नरोकिएको पुष्टी भएको छ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–माधव समूह ) ले अविश्वास प्रस्ताव दर्ता गरेको महिना दिनसम्म पनि त्यसबारेमा निर्णय नगरी सभामुख प्रदीप भण्डारीले ओलीलाई सहयोग गरिरहेका छन् । १ नम्बर र बागमती प्रदेशमा अविश्वास प्रस्ताव ल्याएको महिना दिन बितिसक्दा पनि त्यसलाई टुंगोपमा नपुर्याई संविधानकै खिलाफमा ओली समूह लागेको छ ।

ओलीले संविधानलाई रद्दीको कागज बनाउँदा पनि कांग्रेस चुप छ, मौन बसेको छ । प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा अनिर्णयको बन्दी बनाई संविधानको चीरहरण गर्दा पनि नेपाली कांग्रेस मौन बसेको छ । आफ्नै नेतृत्वमा बनेको संविधान भन्दै जस लिने कांग्रेस त्यसको चीरहरण हुँदा मौन बस्नुले ऊ ओलीको सत्ता प्रलोभनमा परेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हट्नुपरेपछि संसद नै बिघटन गरिदिए, अब ओलीका निकट शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद जाने भएपछि प्रदेशसभा नै बिघटन गर्न उनी तम्सिएका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री राईले त आफूलाई हटाउन खोजिएकाले प्रदेशसभा भंग हुने धम्की दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..