राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचीव आचार्यलाई

काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई दिएको छ । सहसचिव आचार्य अर्थमन्त्रालयको वित्तीय क्षेत्र ब्यवस्थापन महशाखाको प्रमुख हुन् । अर्थमन्त्रालयले बिहीबार उनलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आचार्यलाई बिहीबारको निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको बताए ।

आचार्य राजस्व समूहमा क्षमतावान मानिन्छन् । राजस्व समूहमा इमान्दार छविका आचार्य कसैको पनि दबाबका सामु नझुक्ने भनेर चिनिन्छन् । सहसचिव आचार्य दैलेखको दुल्लुका हुन् ।

यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको चर्चा चलेर उनले धेरै बधाइ पनि खाए । अर्थमन्त्रालयमा सरुवा नै नभई उनलाई महानिर्देशक बनाइएको हल्ला चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..