राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचीव आचार्यलाई

काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई दिएको छ । सहसचिव आचार्य अर्थमन्त्रालयको वित्तीय क्षेत्र ब्यवस्थापन महशाखाको प्रमुख हुन् । अर्थमन्त्रालयले बिहीबार उनलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आचार्यलाई बिहीबारको निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको बताए ।

आचार्य राजस्व समूहमा क्षमतावान मानिन्छन् । राजस्व समूहमा इमान्दार छविका आचार्य कसैको पनि दबाबका सामु नझुक्ने भनेर चिनिन्छन् । सहसचिव आचार्य दैलेखको दुल्लुका हुन् ।

यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको चर्चा चलेर उनले धेरै बधाइ पनि खाए । अर्थमन्त्रालयमा सरुवा नै नभई उनलाई महानिर्देशक बनाइएको हल्ला चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..