लिखित जवाफ बुझाएपछि सर्वोच्चको भवन निरीक्षण गरेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । जवाफ बुझाएपछि ओली केही बेर सर्वोच्च अदालतको भवन निरीक्षण गरेर फर्किएका छन् ।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो । 

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
ओलीले उक्त मुद्दामा म्याद  भने गत आइतबार नै बुझेका थिए । उनले सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए । 

अदालतको अवहेलनानै गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि छन् । चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै लिखित जबाफ बुझाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..