लिखित जवाफ बुझाएपछि सर्वोच्चको भवन निरीक्षण गरेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । जवाफ बुझाएपछि ओली केही बेर सर्वोच्च अदालतको भवन निरीक्षण गरेर फर्किएका छन् ।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो । 

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
ओलीले उक्त मुद्दामा म्याद  भने गत आइतबार नै बुझेका थिए । उनले सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए । 

अदालतको अवहेलनानै गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि छन् । चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै लिखित जबाफ बुझाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..