सिद्धबाबा भनिने कृष्णबहादुर गिरी प्रकरण : पुनरावेदनमा जाने वकिलको तयारी

विराटनगर । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दामा भएको फैसलाको पूर्ण पाठ आएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको हो ।

सफाइ पाउने फैसला भएको २ महिनापछि बिहीबार पूर्ण पाठ आएको छ । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेको हो । पुनरावेदन गर्ने समय भएकाले फैसलाको अध्ययनपछि निर्णय गरिने जिल्ला न्यायाधिवक्ता नारायण रिमालले बताए ।

पुनरावेदन गर्ने समय एक सय दिन हुने बताउँदै उनले कहिले दर्ता गर्ने भन्ने टङ्गो नभएको बताए । ‘मुद्दा पुनरावेदन गर्ने सम्भावना धेरै छ,’ उनले भने, ‘फैसलाको अध्ययनपछि टुङ्गो पुनरावेदन गर्छौं ।’
त्रि-दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु गिरीले महिलाले शरीर समर्पण गरेपछि करणी गरेको तर्कसहित न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलामा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..