स्टिङ अपरेशनबाट अख्तियार दुरुपयोग अनुसन्धान बदनाम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्णता पाएको छ । आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राई नियुक्त भएपछि गति लिने विश्वास गरिएको छ । आयोगले ठूला भ्रष्टाचारमा भन्दा १ हजारदेखि ५० हजार घुस लेनदेन गर्नेलाई स्टिङ अपरेशनका नाममा पक्राउ गरी आफ्नो उपलब्धिका रुपमा वार्षिक प्रतिवेदनमा देखाउँदै आएको छ । ५ हजार घुस लिने कर्मचारीलाई नियन्त्रणमा लिनका लागि अख्तियारको १ लाखभन्दा बढी खर्च हुन्छ । तर त्यही ५ हजार घुस लिँदालिँदै नियन्त्रणमा लिएको विषयलाई अख्तियारले उपलब्धि मान्दै आएको छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्टिङ अपरेशनका नाममा प्रहरी ग्याङ सञ्चालन गरी निमुखा र निम्न तहका कर्मचारीलाई फकाई फुल्याई खल्तीमा रकम हालेर पक्राउ गरी स्टन्टबाजी गरेको आरोप लाग्ने गरेको थियो । घिमिरेले स्टिङ अपरेशनका लागि एक टोली नै खटाएका थिए भने राजस्व समूहका अकुत सम्पत्ति कमाउने शाखा अधिकृत र उपसचिवहरूलाई चोख्याउन एसपी प्रवीण पोखरेलको नेतृत्वमा अर्काे टोली परिचालन गरेका थिए । जसले रामप्रसाद रेग्मीजस्ता केही राजस्वका अकुतवालाहरूलाई चोख्याउने काम गरेको थियो । प्रसंग हो बारा जिल्लाको स्टिङ अपरेशनको ।

अख्तियारका केही व्यक्तिले अजय जैसवाल नामका एक बद्नाम व्यक्तिलाई सुराकीका रुपमा त्यहाँ परिचालन गरेको थियो । जसको काम नै निमुखा र निम्न तहका करारका कर्मचारीलाई फसाउने रहेको घटनाक्रमले पुष्टि गरेको छ । जैसवालले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, प्रहरीका कनिष्ठ अधिकृत र सिपाही, हवल्दार, विद्युत प्राधिकरणका निम्न तहका कर्मचारीलाई पैसा दिने र अख्तियारको टोलीबाट रंगेहात पक्राउ गराउने काम गदैै आएका थिए । जैसवालको अख्तियारका प्रहरीसँग सेटिङका कारण जिल्लामा नागरिकदेखि कर्मचारी सबै भयभित हुँदै आएका थिए ।

अख्तियारमार्फत निम्न तहका कर्मचारीलाई फसाउने कार्य गर्ने जैसवालले अर्काेतर्फ गेष्टहाउस सञ्चालन गरी नाबालक चेलीहरूको यौन शोषण गराउने, भारतबाट नेपालतर्फ तस्करीको लाइन मिलाउने र रतनपुरीबाट भारततर्फ गाँजालगायत लागुऔषध पठाउने धन्दा पनि सञ्चालन गर्दै आएको आरोप लाग्ने गरेको थियो । जैसवालको लागुऔषध कारोबार निर्वाधरुपमा चल्दै आएको थियो । आफ्नो कारोबारमा डिस्टर्ब गर्ने प्रहरीलाई उनले एक एक गरी अख्तियारको टोलीबाट पक्राउ गराउने काम गरेको गुनासो पनि व्यापक नै थियो ।

लागुऔषध नियन्त्रण व्यूरोमा जैसवालको कर्तुतबारे धेरै गुनासा आएपछि केही समय अगाडि उनीमाथि निगरानी बढाई १ क्वीन्टल गाँजासहित व्यूरोले पक्राउ ग¥यो । हाल पुर्पक्षका लागि उनी थुनामा छन् । अजय थुनिएपछि उनको षड्यन्त्रमा फसेका सरकारी गवाहहरू अदालतमा बयान गर्दा निर्भयताका साथ उल्टो बयान दिन थालेको खबर छ । विगतमा जैसवालको डरले उनको इच्छाअनुसार बयान दिँदै आएकाहरूले बयान फेर्न थाले । सत्य कुरा बोल्न थाले ।

जैसवालको दबाब र त्रासमा परी निर्दाेष व्यक्तिहरूका विरुद्ध बयान दिँदै आएका उनीहरू अहिले निर्धक्क बयान फेरेपछि अख्तियारका डीएसपी दीपेन्द्र राईले ती साक्षीहरूलाई थुन्ने, प्रहरी कस्टडीमा यातना दिने गरेको गुनासो साँघुलाई प्राप्त भएको छ । चेलीबेटीको यौनशोषणदेखि लागुऔषध धन्दा र सीमाबाट तस्करी गराउँदै आएका जैसवालले फसाएका निम्न तहका कर्मचारीको बचाउमा साक्षीहरूले बयान दिन थालेपछि अख्तियारका डीएसपी राईले ती साक्षीहरूलाई तनाव र यातना दिने गरेको गुनासो प्राप्त भएको छ ।


विगतमा जैसवालको त्रासमा परी निर्दाेष व्यक्तिका विरुद्ध साक्षी बसेका उनीहरूले अहिले उनीहरूका विरुद्ध पाप गरेको महसुस गर्दै बयान फेर्न प्रायश्चित गर्न खोज्दा अख्तियारका डीएसपी आक्रोशित भई उनीहरूलाई तर्साइरहेको पीडितहरू बताउछन् ।

प्रमुख आयुक्त प्रेम राई आएपछि नवीन घिमिरेले सुरु गरेको यस्तो विसंगतिपूर्ण कार्यलाई सुधार्ने अपेक्षा गरिएको छ । राई पनि पूर्व गृहसचिव भएका कारण स्टिङ अपरेशन स्टन्टलाई रोक्न सकिरहेका भने छैनन् । अख्तियारको काम सूक्ष्म अनुसन्धान गरेर वास्तविक भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । तर जबर्जस्ती कसैलाई फसाउने काम गरेका कारण आयोगको छवीमा आँच पुगेको छ । अख्तियारको स्टिङ अपरेशन प्रकरण निकै विवादित बन्दै गएको छ । त्यसैकारण सर्वाेच्च अदालतले पनि अख्तियारको स्टिङ अपरेशनलाई नोटिसमा लिएर सचेत गराइसकेको छ ।

यसअघि लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा काभ्रे जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रल्हादप्रसाद धिताललाई वन विभाग परिसरमा तालिम लिन गएको बेला सेवाग्राहीको भेषमा एक व्यक्तिले जबर्जस्ती गोजीमा पैसा हाली अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । यसैगरी लोकमानले धेरै प्रहरी अधिकृत र कर्मचारीलाई स्टिङ अपरेशनका नाममा खल्तीमा पैसा हाल्दै फसाउने काम गरेको आरोप लाग्ने गरेको थियो । लोकमानले डीएसपी दानबहादुर थापालगायतको टोली परिचालन गरी स्टिङ अपरेशनका नाममा जबर्जस्ती घुस खल्तीमा हालेर फसाउने गरेको गुनासो थियो भने नवीन घिमिरेले प्रवीण पोखरेललाई परिचालन गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..