Breaking News…भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार

सुदूरपश्चिम । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट पक्राउ परेका छन् । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।

पक्राउ परेका युवकले अपराध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रिसइवीका कारण उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो ।गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो ।

शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..