बीस किलो लागुऔषध गाँजा सहित एकजना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० किलो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगंज महानगरपालीका वडा नं. ३२ बस्ने १९ बर्षिय संजय महतो रहेका छन् । फागुन ४ गते मंगलबार दिउसो १२ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित लेवटमा विरगजं तर्फ जाने गाडी कुरीरहेको अवस्थामा महतोको साथबाट मकवानपुर प्रहरीले २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।


निजलाई उक्त लागुऔषध गांजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द« बहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..