सक्कली डाक्टर बन्न नक्कली डाक्टरको सिफारिस गर्ने ब्यक्ति पक्राउ

काठमाडौं । डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि नक्कली डाक्टर बनेर सिफारिस गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
अर्घाखाँचीको मालारानी गाउँपालिका–८ घर भई काठमाडौं बस्ने ३६ वर्षीय जितेन्द्र पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको हो।


नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ। डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्रका लागि भरेको फारममा गत असोज ६ गते डाक्टर जितेन्द्र शर्माले दस्तखत गरी सिफारिस गरेका थिए। आफ्नो डाक्टर दर्ता नम्बर २३६४ लेखी जितेन्द्रले कृष्णको सिफारिस गरेका थिए।

पछि अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको थियो।


आइतबार पक्राउ गरिएका जितेन्द्रलाई लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिआइबीका एसपी गंगा पन्तले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..