नेपालबाट रुसमा अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौं र पाउनेमा Gorbtchena, [Gorbacheva] Irina Nikolaevna, 89, building4, Bulatnikovskaya str., apt. 45, Mscow उल्लेख गरी रुस पठाएको Metallic canisters भित्रबाट उक्त चरेश बरामद भएको थियो ।

उक्त घटनामा Illegal Drug Trafficking and Smuggling of Drugs मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..