नेपालबाट रुसमा अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौं र पाउनेमा Gorbtchena, [Gorbacheva] Irina Nikolaevna, 89, building4, Bulatnikovskaya str., apt. 45, Mscow उल्लेख गरी रुस पठाएको Metallic canisters भित्रबाट उक्त चरेश बरामद भएको थियो ।

उक्त घटनामा Illegal Drug Trafficking and Smuggling of Drugs मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..