भारतीय गृहमन्त्री साहको ब्रिफिङ–नेपालमा भाजपा अनुकूल सरकार बनाउने तयारी भइरहेको छ

काठमाडौं । नेपालमा भारतीय जनता पार्टीको चाहनाअनुसार सरकार निर्माण गर्ने गुप्त तयारी भइरहेको खुलासा भएको छ । भारत सरकारका गृहमन्त्री एवं भाजपाका पूर्वअध्यक्ष अमित शाहको अग्रसरतामा त्यस्तो सरकार बनाउन आन्तरिक गृहकार्य भइरहेको समाचार प्रकाशमा आएको हो ।

इष्ट मोजोका अनुसार, पार्टी बैठकमा शाहले त्यसबारे नेताहरूलाई जानकारी गराएका छन् । बैठकमा भएको छलफलबारे त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सञ्चारमाध्यलाई जानकारी दिएका छन् ।
विप्लव देवले शाहलाई उद्धृत गर्दै भनेका छन्–नेपालसँगै श्रीलंकामा भाजपा अनुकूल सरकार निर्माण गर्ने तयारी भइरहेको छ ।


इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले शनिबार शाह र विप्लवबीच भएको भेटमा यस्तो योजनाबारे कुराकानी भएको उल्लेख गरेको छ ।

खबरअनुसार, रवीन्द्र शतवार्षिकी भवनको पार्टी बैठकमा शाहले भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..