लागुऔषध गाँजा सहित २ जना पक्राउ


मोरङ । मोरङ विराटनगर-१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी ईटहरी-५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई रहेका छन ।

शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो ।

यसरी अटोमा गाँजा फेला पारिएपछी अटो चालक पदम बहादुर राई र अटोमा सवार रहेका तेज बहादुर राई समेतलाई नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..