जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बने ।


फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै उनी भावुक बनेका हुन् । जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष प्रचण्डले सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए ।


कामचलाउ सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको अध्यक्ष प्रचण्डले आरोप लगाए । साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए । उनले भने, ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलिदान दिन/हुन तयार छौँ ।’

सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धी खतरामा पर्न लागेको भन्दै अब समै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..