प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमतीलाई सम्मान

जनकपुरधाम। प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाकोे पैतृक गाउँ जटहीमा उहाँलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहीद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।

सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहीद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको सङ्कल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसङ्गको चर्चा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..