मालपोत कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवले दिए सुझाव

काठमाडौं । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गर्नुभयो । “आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन”, कर्मचारीप्रति व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।”
हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताउनुभयो । यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो । शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ ।” हरेकलाई सावधानी अपनाएर काम गर्न उहाँले सचेत गराउनुभयो । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..