लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ


झापा । झापाको अर्जुनधारा नगरपालिका-११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय रबिन तामाङ र २८ बर्षीय दिल कुमार राई तथा भद्रपुर-५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहिवार राती साँढे ७ बजे लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ४८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..