भारतीय बालुवा तस्करसंग झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते


वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको पिंडारीमा पर्ने ओरिया खोलामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव घाइते भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।


घाइते दुवैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।


भारतीय बालुवा तस्करहरू बालुवा उत्खनन् गरेर लैजाने क्रममा पटक-पटक विवाद र झडप हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..