सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा उठाउने विद्यालयलाई कारबाही

सिरहा । सिरहाको सबै सामुदायिक एवं संस्थागत विद्यालयहरुलाई विद्यार्थीबाट उठाइरहेको चन्दा असुल्नमा जिल्ला प्रशासन कार्यालय सिरहाले रोक लगाएको छ।

सरस्वती पूजाको नाउँमा विद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शुल्क वा चन्दा नअशुल्ने, उठाइसकेको भए फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयको सूचना मार्फत निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा लेखिएकोछ,  आसन्न सरस्वती पुजा भक्तिभावका साथ विधिपूर्वक सम्पन्न गर्न ठूलो धनराशी नलाग्ने हुँदा सरस्वती पुजाकोे नाउँमा विद्यार्थी वा अभिभावक सँग कुनै किसिमको शुल्क वा चन्दा नअशुल्ने, उठाईसकेको भए फिर्ता गर्ने, डिजे बाजाको प्रर्योग नगर्ने नगराउन,े अश्लिल तथा छाडा गीत नबजाउने, मूर्ति विसर्जन गर्ने नाँउमा समेत बालबालिकालाई प्रर्योग नगर्ने भनेर भनिएको छ ।
तर यसलाई नियमन गर्ने निकाय सम्बन्धित स्थानीय तह रहेकोले स्थानीय तहले सक्रियताका साथ कार्यान्वयनमा ल्याउने सिडियोले कणेलले बताए ।

जिल्लाका १७ वटै स्थानीय तह एवम् शिक्षा विकास तथा समन्वय एकाइले नियमन गर्ने समेत बताए । सिरहा सिडियोले यस प्रकारको निर्णय गरेको प्रति अभिभावकहरु खुसी भई सिडियोको कामको प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..