प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरियो – नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएका हुन् ।

‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’

अध्यक्ष प्रचण्डले लोकतन्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउने काम भएको बताए । ‘मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले कहाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्रमाथि ताला जगाउने षडयन्त्र भएको छ,’ प्रचण्डले भने ।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..