बलात्कार प्रयासको आरोपमा पक्राउ


मोरङ । मोरङ जिल्लाको विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ टोलबासीले कब्जामा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

घर जग्गा किनबेचको कारोबार गर्दै आएका प्रधान बुधबार दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन एउटा घरमा पुगे । घरमा दुई दिदीबहिनी मात्र रहेको थाहा पाएपछि उनी पुनः साझ पनि त्यस घरमा पुगेका थिए । बेलुका घरमा रहेका दुई दिदीबहिनीलाई जबर्जस्ती गर्न खोजेपछि टोलबासीले कुटपिट गरेर प्रहरीमा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सन्तोष खड्काले प्रधानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । छिमेकीका अनुसार पीडित युवतीका बुबा अमेरिकामा बस्दै आएका छन् । आमा पनि अमेरिका नै जाने तयारीमा छन् । अमेरिका जाने भएपछि घर बेच्न खोजेका थिए । घर बिक्री गर्नका लागि चिनजानकै प्रधानलाई आग्रह गरेका थिए । बुधबार दिउँसो ग्राहकलाई घर देखाउन प्रधान पुगे । ती छिमेकीका अनुसार आमा नभएको थाहा पाउदा पाउँदै बेलुका घरमा आई १७ वर्षीया किशोरीमाथि करणीको प्रयास गरे ।


किशोरीले प्रतिकार गरेपछि भेला भएका स्थानीयले निर्घात कुटिपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..