संसद विघटन बिरुद्ध नवराजपुरमा जसपाको विशाल मशाल जुलुस प्रदर्शन

जगतपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नकेपा सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी ( जसपा ) नेपालले सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा विशाल मशाल जुलुस निकाली प्रदर्शन गरेका छ्न ।

जसपाको केन्द्रीय कमिटिले देशको ७७ वटै जिल्लाको आ-आफ्नो पालिकामा विरोध प्रदर्शन गर्ने निर्णय अनुसार जसपा नवराजपुर गाउँपालिका कमिटीले बुधबार विशाल मशाल जुलुस सहित प्रदर्शन गरेको हो ।

केपी ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै नवराजपुर गाउँपालिका को सोनवर्षा चौक देखि जुलुस निकाली जगतपुर चौकमा कोन सभा गरि समापन गरिएको थियो ।

कोन सभालाई सम्बोधन गर्दै जसपाको नवराजपुर गाउँपालिका कमिटीको अध्यक्ष शिवउदगार यादव उर्फ सिवाले भने,यो देशको जनताको प्रतिनिधि बाट निर्माण भएको संविधान लाई जनसत्ता प्रभू सत्ता उपयोग गर्न जनताको अवाज उठाउने प्रतिनिधि सभा लाई यो देशकै प्रधानमन्त्रीले असंवैधानिक गैरकानुनी ढंगले गरेको संसद विघटन लाई पुनः स्थापना गर्न,जनताको हक अधिकार लिन हामी रोडमा आएको बताए ।

तेस्तै नवराजपुर गापाकै युवा नेता मधुप कामैतले भने देशमा अब संयुक्त जन आन्दोलनको आवश्यकता रहेको छ। बिगतको जन आन्दोलन लाई यादगर्दै ०७७/०७८ मा पनि एउटा १५ दिने जन आन्दोलन गर्ने समय आइपुगे बताए । संयुक्त जन आन्दोलन फागुनको पहिलो हप्तामै हुनसक्ने संभावना समेत रहेको नेता कामैतले बताए ।

प्रदर्शन कार्यक्रममा नवराजपुर गाउँपालिकाको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..